Media Network

सुनखानीका मजदुरबीच झडप, एक सय जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१७ जेष्ठ २०७९,मंगलवार

काठमाडौं । अफ्रिकी देश चाडको उत्तरी क्षेत्रमा रहेको एउटा सुन खानीका मजदुरहरूबीच भएको झडपमा करिब एक सय जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिए । 

लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा  हिंसा भड्किएको थियो । सो क्षेत्र राजधानी एनडीजामेनाबाट करिब १ हजार किलोमिटर टाढा पर्छ । 

१० वर्ष पहिले त्यहाँ सुनको खोजी गर्ने क्रममा चाड र छिमेकी देशहरूबाट खानी मजदुर आकर्षित भएका थिए ।  

सुन झिक्ने विषयमा उनीहरूबीच बारम्बार तनाव हुने गरेको छ । पछिल्लो झडप मौरिसियाली र लिबियाली मजदुरबीच भएको रक्षामन्त्री ब्राहिमले बताए । घटनास्थलमा ठूलो संख्यामा सेना परिचालन गरिएको ब्राहिमलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुल जनाएका छन् । (एजेन्सी)


Share:
Reaction :
ताजा समाचार
खेलकुद