Media Network

सुशान्त सिंहको निधन भएको आज २ वर्ष पुरा


खबरस्टोरी संवाददाता

३१ जेष्ठ २०७९,मंगलवार

एजेन्सी । एक भारतीय  चिर्चित अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको आज २ वर्ष पुरा भएको छ । ३४ वर्षको उमेरमा राजपुतले जुन १४ मा आफ्नो जीवन त्याग गरेका थिए। 

घटनाको छानबिन गर्न सीबीआई, एनसीबी र ईडी लागेपनि सत्य भने अझै पत्ता लगिसकेको छैन् ।सीबीआईले यस मामिलामा ६ अगस्ट २०२० मा मुद्दा दर्ता गरेको थियो। त्यसयता अनुसन्धान भएको ६ सय ७७ दिन बितिसक्दा पनि निकायले कुनै निष्कर्षमा पुग्न सकेको छैन ।

भारतीय सामाजिक संजाल प्रयोगकर्ताहरुले सलमान खान, करण जोहार, आलिया भट्ट, महेश भट्टजस्ता नेपोटिज्मका प्रवर्तकहरुकै कारण सुशान्तको मृत्यु भएको हालसम्म पनि बताइरहेका छन्।

सुशान्तको १३ औं दिनको पुण्य तिथीमा उनको परिवारले एउटा पत्र सार्वजनिक गर्दै सुशान्तको सोसल मिडिया अकाउन्ट परिवारले चलाउने निर्णय गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद