Media Network

साउदी अरेबियामा एकै दिन ८१ जनालाई मृत्युदण्ड


खबरस्टोरी संवाददाता

२९ फाल्गुन २०७८,आईतवार

रिहाद । साउदी अरेबियामा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको छ । विभिन्न आतंकवादसम्बन्धी अपराधहरूमा उनीहरुलाई मृत्युदण्ड दिएको सरकारी समाचार एजेन्सी एसपीएलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो अघिल्लो वर्षमा दिएको मृत्युदण्ड भन्दा पनि बढी हो । 

मृत्युदण्ड दिइएका ८१ जना मध्ये केही तथाकथित इस्लामिक चरमपन्थी समूह इस्लामिक स्टेट, अल–कायदा र यमनको हुथी विद्रोही समूहसँग जोडिएको आरोप लगाइएको थियो ।

उनीहरुले महत्वपूर्ण स्थानमा आक्रमणको षडयन्त्र गरेको र देशमा हतियार ओसारपसार गरेको सरकारले दाबी गरेको छ । 

यी अभियुक्तहरूमध्ये धेरैलाई कानुनी रूपमा बहस गर्ने उचित मौका पनि नदिइएको मानवअधिकार संगठनहरूले जनाउका छन् ।  तर, साउदी सरकारले यी आरोप अस्वीकार गर्दै आएको छ ।

मृत्युदण्डको सजाय पाएका दोषीहरूको मुद्दा १३ न्यायाधीशहरूले लिएका थिए । उनीहरु तीन चरणको न्यायिक प्रक्रियाबाट गुज्रिएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद