साउदी नेतृत्वको गठबन्धनद्वारा यमनको राजधानीमा हुथी नियन्त्रित शिविरमा हवाई आक्रमण


खबरस्टोरी संवाददाता
३ मंसिर २०७८, शुक्रबार
साउदी नेतृत्वको गठबन्धनद्वारा यमनको राजधानीमा हुथी नियन्त्रित शिविरमा हवाई आक्रमण

एजेन्सी। साउदी नेतृत्वको गठबन्धनले बिहीबार बिहान यमनको राजधानी सानामा हुथी मिलिशियाद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ ।

हवाई आक्रमणबाट उत्तरी र दक्षिणी सानामा रहेको धाबान र अल–नहदयन शिविरमा आक्रमण गरेको टेलिभिजनले प्रसारण गरेको छ । साउदीको स्वामित्वमा रहेको अल–अरेबिया टिभीले गठबन्धनले साउदी अरेबियाको आभा अन्तर्राष्ट्रिय विमानस्थलमा लक्षित बमले भरिएको ड्रोनलाई रोकेको केही घण्टापछि हवाई आक्रमण भएको हो ।

इरान समर्थित हुथी मिलिसियाले हालै सीमापार क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई तीव्र पारेको छ । फेब्रुअरीमायमन विद्रोही समूहले मध्य यमनको अत्यधिक तेल रहेको प्रान्त मारिब कब्जा गर्न साउदी समर्थित सरकारी सेना विरुद्ध ठूलो आक्रमण सुरु गरेको थियो ।