Media Network

स्वेच्छिक आत्महत्याको लागि थ्री डी पड, पल्टिएको ३० सेकेन्डमा नै मृत्यु


खबरस्टोरी संवाददाता

२३ मंसिर २०७८,बिहीबार

 एजेन्सी। अस्ट्रेलियाको एउटा कम्पनीले  मानिसहरुलाई कुनै पीडा नदिइ मृत्युवरण गर्न सहयोग पुर्‍याउने  थ्री डी प्रिन्टेड पड निर्माण गरेको छ।  उक्त मेसिन चाँडै नै स्वीट्जरल्यान्डका वासिन्दाले प्रयोग गर्न पाउने भएका छन्। पडको निर्माण गैरनाफामुखी संस्था एक्जिट इन्टरनेसनले गरेको हो। पडले मानिसहरुलाई स्वेच्छिक आत्महत्या गर्न सहयोग गर्नेछ। 

स्वेच्छिक मृत्यु चाहना गर्नेका लागि स्वीट्जरल्यान्डमा यसअघि एक प्रकारको तरल पर्दाथ पेन्टोबारबिटल दिइएको थियो । तर, त्यसको विकल्पको रुपमा एक्जिट इन्टरनेसनलले पड निर्माण गरेको हो ।

एक्जिट इन्टरनेसनलका संस्थापक फिलिप नितस्चेकका अनुसार मृत्युवरण गर्न चाहने व्यक्तिलाई पडभित्र राखेपछि अक्सिजनको तह विस्तारै घटाएर एक प्रतिशतमा सीमित गरिन्छ र नाइट्रोजनको मात्रा बढाइन्छ । यो प्रक्रिया ३० सेकेन्डमा पूरा हुन्छ । अचेत हुनुअघि नै व्यक्ति बोल्न नसक्ने हुन्छ । ‘स्वेच्छिक मृत्युवरण गर्न चाहने व्यक्ति मेसिनभित्र छिरेपछि आरामले पल्टिछन् । यो निकै आरामदायी छ,’ नितस्चेक भन्छन् ।

नितस्चेकाअनुसार पडमा बस्ने व्यक्तिलाई प्रशस्त प्रश्नहरु सोधिनेछ । जबाफ दिएपछि उनीहरुले सुतेर नै मेसिन दबाउन सक्नेछन्, जसको केही सेकेन्डपछि आनन्दसँग उनीहरुको मृत्यु हुनेछ ।’ पडले कानुनी मान्यता पाइसेकेको र अर्को वर्षदेखि स्वीट्जरल्यान्डमा सञ्चालनमा आउने स्वीस इन्फोले जनाएको छ ।

कसैको सहयोगमा गरिने मृत्युवरण वा एसिस्टेड सुसाइडले अमेरिकाको क्यालिफोर्निया, कोलोराडो, हवाई, न्यू जर्सी, ओरेगान, वासिंगटनपोस्ट, भर्मन्ट र कोलम्वियाका जिल्लामा कानुनी मान्यता प्राप्त गरेको छ ।

त्यस्तै, निश्चित शर्त पालन गर्न लगाएर नेदरल्यान्ड्स, जर्मनी, स्पेन, क्यानडालगायत स्वेच्छिक मृत्युवरणलाई मान्यता दिएका देशमा पनि एसिस्टेड सुसाइडलाई मान्यता दिइएको छ ।

 मेसिनले मृत्युवरण गर्न चाहने जुनसुकै व्यक्तिलाई आरामसँग मर्नका लागि सहयोग प्रदान गर्ने र यसलाई आवश्यकता अनुसार विभिन्न सहरमा लैजान सकिने नितस्चेकले बताएका छन् ।

‘सम्पूर्ण काम ३० सेकेन्डमा सकिन्छ । बोल्दा बोल्दै मानिसको जिब्रो गडबढाउछ र सास जान्छ,’ उनले भने । सो पडलाई स्वेच्छिक मृत्युको अनुमति दिएका जुनसुकै देशमा लैजान सकिने उनको भनाई छ । तर कुनै दीर्ध रोग लागेका वा उपचार गर्दा पनि सम्भव नभएको र ६ महिनापछि मृत्यु हुन्छ भनेर सरकारले तोकेको चिकित्सकले सिफारिश गरेमा मात्र केही देशले स्वेच्छिक मृत्युलाई अनुमति दिएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद