Media Network

स्विडेनमा पहिलो पटक महिला प्रधानमन्त्री निर्वाचित


खबरस्टोरी संवाददाता

८ मंसिर २०७८,बुधबार

एजेन्सी।  स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्  । स्विडेनको संसदले उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनि  स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।  निवर्तमान अर्थमन्त्री समेत रहेकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ समेत हुन् । 

संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका थिए । उनको भन्दा धेरै मत उनको  विपक्षमा परेपछि नयाँ प्रधानमन्त्री निर्वाचित भएकी हुन् । नयाँ प्रधानमन्त्रीको पक्षमा भने १७४ जनाले मतदान गरेका थिए । मतदानको समयमा ५७ सांसद अनुपस्थित भएका संसद सचिवालयले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद