Media Network

स्वास्थ्य राम्रै रहे अर्काे पटक पनि राष्ट्रपतिमा उठ्छुः राष्ट्रपति बाइडेन


खबरस्टोरी संवाददाता

८ पुष २०७८,बिहीबार

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दियो भने अर्थात् स्वास्थ्य अवस्था राम्रै रह्यो भने अब हुने अर्काे राष्ट्रपतिको निर्वाचनमा पनि आफू निर्वाचनमा लड्ने बताएका छन् ।

अमेरिकामा हरेक ४ वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुन्छ । सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने उनले बताएका हुन्हो ।

बुधबार न्युजसँगको अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन् । उनलाई सो अन्तर्वार्ताका क्रममा अर्काे निर्वाचनमा राष्ट्रपति पदमा पुनः उठ्नुहुन्छ भनी सोधेको प्रश्नमा उनले सो जवाफ दिएका हुन् ।

सो क्रममा उनले भनेका थिए, "हेर्नुस् म अहिलेजस्तै स्वस्थ भएँ र मलाई अबको ४ वर्षपछि पनि म अहिलेजस्तै अवस्थामा आफूलाई पाएँ भने त्यो निर्वाचनमा पनि म अवश्य उठ्छु ।"

Share:
Reaction :
ताजा समाचार
खेलकुद