Media Network

संयुक्त राष्ट्रसंघका महासचिव गुटनबर्ग युक्रेनमा


खबरस्टोरी संवाददाता

१५ बैशाख २०७९,बिहीबार

एजेन्सी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटनबर्ग युक्रेन पुगेका छन् । उनले सो कुरा ट्वीट गरेर जनाएका छन् । उनले ट्वीटमा भनेका छन्,म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु । बुधबार ट्वीट गरेर उनले सो कुरा जानकारी दिएको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उनले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिनेछन् । राष्ट्रसंघीय महासचिव गुटनबर्गले युक्रेनमा रहँदा यहाँका द्धन्द्धग्रस्त क्षेत्रहरुको भ्रमण गरी यहाँ आवश्यक मानवीय क्षतिको अनुगमन गरी ती क्षेत्रका नागरिकको उद्धारका लागि सहयोग गर्ने बताएका छन्। उनले जतिसक्दो चाँडो युक्रेन युद्धको अन्त्य हुनुपर्ने पनि ट्वीटमा बताएका छन् ।

महासचिव गुटनबर्ग हालैमात्र रुसको भ्रमणमा गएका थिए । त्यस भ्रमणका क्रममा उनले युक्रेनसँग कूटनीतिक वार्ता गरेर छिट्टै समस्याको समाधान निकाल्न र युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेको पनि बताएका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद