नयाँ प्रशासन अन्तर्गत गिरफ्तारीको सम्भावनाबाट बच्न उनले पद त्याग्नु अघि श्रीलंका छोड्न चाहेको विश्वास गरिएको छ । देश छाडेर भागेका राष्ट्रपति राजापाक्षेले राजनीमा दिएपछि प्रदर्शनकारीहरुले कोलम्बोमा नाँच्दै स्वागत गरे ।
श्रीलंकाबाट भागेर माल्दिभ्स पुगेको रापापाक्षे सिङगापुर जान चाहे पनि सिङ्गापुरको विदेश मन्त्रालयले राजापाक्षेललाई शरण नदिइएको बताएको छ ।
मङ्गलबार राति माल्दिभ्सको उडान भरेपछि राजापाक्षे बिहीबार यसअघि सिङ्गापुर पुगेका थिए । उनका साथमा श्रीमती र दुई अंगरक्षक रहेको समाचारमा जनाइएको छ ।
राजापाक्षे देश छाडेर भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई कार्यबाहक राष्ट्रपति बनाइएको छ । कार्यबाहक राष्ट्रपति रनिलले सपथग्रहण नगरेसम्म औपचारिक रूपमा अन्तरिम राष्ट्रपति बन्ने छैनन् ।
चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा खाना, इन्धन र अन्य आधारभूत आपूर्तिको बस्तुहरुको मूल्य आकाशिएको छ । श्रीलंकामा दैनिक उपभोग्य वस्तुदेखि इन्धन र औषधिको समेत अभाव छ ।