श्रीलंकाका राष्ट्रपति भागेपछि कोलम्बोमा फेरि विशाल प्रदर्शन


खबरस्टोरी संवाददाता
२९ असार २०७९, बुधबार
श्रीलंकाका राष्ट्रपति भागेपछि कोलम्बोमा फेरि विशाल प्रदर्शन
एजेन्सी। आज पदबाट राजीनामा भनेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे  माल्दिभ्स भागेपछि  राजधानी कोलम्बोमा फेरि पद्रर्शन सुरु भएको छ । 

उनीविरुद्ध  प्रदर्शन भइरहेका क्रममा  आज बिहान उनि माल्दिभ्स पुगेका छन् । 

गोटाबाया राजापाक्षे माल्दिभ्स भागेको खबर बाहिरिएसँगै उनको राजीनामाको माग गर्दै हजारौं प्रदर्शनकारी श्रीलंकाको राजधानी कोलम्बोमा सडकमा उत्रिएका थिए । 

राष्ट्रपति राजापाक्षे, उनकी पत्नी र दुई अंगरक्षकहरू कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको विमान चढेका थिए । उनका भाइ तथा पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेका छन् ।