श्रीलंकाका राष्ट्रपति राजापाक्षे माल्दिभ्सबाट सिंगापुर उडे


खबरस्टोरी संवाददाता
३० असार २०७९, बिहीबार
श्रीलंकाका  राष्ट्रपति राजापाक्षे माल्दिभ्सबाट सिंगापुर उडे
एजेन्सी। चरम आर्थिक सङ्कटपछि देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सको राजधानी मालेबाट सिंगापुर उडेका छन् । बिहीबार उनलाई लैजान एउटा निजी जेट मालदिभ्स पुगेको थियो । तीब्र प्रदर्शनबीच गोटाबाय बुधबार श्रीलंकाबाट माल्दिभ्स भागेका थिए ।

राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए । तर, सुरक्षाको कारणले गर्दा निर्धारित समयमा उड्न नसकेको जनाइएको छ । त्यसपछि राजापाक्षेले माल्दिभ्स प्रस्थान गर्न निजी जेटको लागि आग्रह गरेका थिए ।