श्रीलंकाका राष्ट्रपतिले गरे राजीनामा घोषणा


खबरस्टोरी संवाददाता
२७ असार २०७९, सोमबार
श्रीलंकाका राष्ट्रपतिले गरे राजीनामा घोषणा
एजेन्सी। चरम आर्थिक सङ्कटमा डुबेको श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो राजीनामा घोषणा  गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । प्रदर्शनकारीहरूले दुबै नेताको सरकारी निवास कब्जा गरिरहेका बेला राष्ट्रपतिले आफ्नो राजीनामा पुष्टि गरेका हुन् ।

अझै पनि प्रदर्शनकारीहरूले  राष्ट्रपति भवन र प्रधानमन्त्री निवास कब्जा गर्दै छन् र नेताहरूले पद त्याग नगरेसम्म बाहिर निस्कन अस्वीकार गर्दै आएका छन् । गोटाबायाले १३ जुलाइमा राजीनामा दिने संसदका सभामुखले जानेका छन् । 

प्रधानमन्त्री रनिल विक्रमासिंघेको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै राजापाक्षेले बुधबार राजीनामा दिने औपचारिक जानकारी दिएको जनाएको छ । तथापि, राजापाक्षेबाट कुनै प्रत्यक्ष शब्द आएको छैन । 

श्रीलंकाको संविधानअनुसार संसदको सभामुखलाई पत्र पठाएपछि मात्र उनको राजीनामा औपचारिक रूपमा स्वीकार हुन्छ ।