Media Network

श्रीलंकाका राष्ट्रपतिले गरे राजीनामा घोषणा


खबरस्टोरी संवाददाता

२७ असार २०७९,सोमबार

एजेन्सी। चरम आर्थिक सङ्कटमा डुबेको श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो राजीनामा घोषणा  गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । प्रदर्शनकारीहरूले दुबै नेताको सरकारी निवास कब्जा गरिरहेका बेला राष्ट्रपतिले आफ्नो राजीनामा पुष्टि गरेका हुन् ।

अझै पनि प्रदर्शनकारीहरूले  राष्ट्रपति भवन र प्रधानमन्त्री निवास कब्जा गर्दै छन् र नेताहरूले पद त्याग नगरेसम्म बाहिर निस्कन अस्वीकार गर्दै आएका छन् । गोटाबायाले १३ जुलाइमा राजीनामा दिने संसदका सभामुखले जानेका छन् । 

प्रधानमन्त्री रनिल विक्रमासिंघेको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै राजापाक्षेले बुधबार राजीनामा दिने औपचारिक जानकारी दिएको जनाएको छ । तथापि, राजापाक्षेबाट कुनै प्रत्यक्ष शब्द आएको छैन । 

श्रीलंकाको संविधानअनुसार संसदको सभामुखलाई पत्र पठाएपछि मात्र उनको राजीनामा औपचारिक रूपमा स्वीकार हुन्छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद