Media Network

श्रीलंकामा फेरि संकटकालको घोषणा


खबरस्टोरी संवाददाता

२४ बैशाख २०७९,शनिबार

एजेन्सी । श्रीलंकामा पुनः संकटकाल घोषणा गरिएको छ।

 ५ सातापछि श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि संकटकाल घोषणा गरेका हुन्। सरकारविरोधी प्रदर्शनहरू चर्किरहेका बेला राजापाक्षेले संकटकालको घोषणा गरेका हुन्। सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको बताईएको छ ।

 देशको आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए।स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूदो आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा पछिल्लो समय खाद्यान्न र इन्धनको चरम अभाव भएको छ । 

लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीब्र अभावले २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ। 



Share:
Reaction :
ताजा समाचार
खेलकुद