Media Network

श्रीलंकामा गठन भयो नयाँ मन्त्रिमण्डल


खबरस्टोरी संवाददाता

२१ चैत्र २०७८,सोमबार

श्रीलङ्कामा नयाँ मन्त्रिमण्डल गठन भएको छ ।राष्ट्रपति गोटाबाया राजपाक्षले सोमबार चार जना मन्त्री नियुक्त गरेसगै पद तथा गोपनीयताको शपथ पनि खाएका छन्। 

यसअघि त्यहाँका २६ जना मन्त्रहिरुले राजीनामा दिएका थिए ।राष्ट्रमा गम्भीर आर्थिक र राजनैतिक सङ्कटको बीचमा नयाँ मन्त्रीमण्डल गठन भएको छ ।

श्रीलङ्काको आर्थिक सङ्कट, दैनिक घण्टौं लामो लोडसेडिङ र इन्धन अभाव तथा अन्य अत्यावश्यक आपूर्तिलाई समाधान गर्न सरकारले तत्काल कदम चाल्न आह्वान गर्दै सार्वजनिक विरोध प्रदर्शन भईरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद