Media Network

श्रीलंकामा पुन: कर्फ्यू


खबरस्टोरी संवाददाता

२६ बैशाख २०७९,सोमबार

एजेन्सी।  श्रीलंकामा सरकारले आर्थिक संकट सम्बोधन नगरेको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई सरकार समर्थकहरुले हमला गरेपछि फेरि कर्फ्यू लगाइएको छ । कोलम्बोस्थित प्रधानमन्त्री र राष्ट्रपति कार्यलय बाहिर भएका हिंसामा कम्तीमा २० जना घाइते भएका छन् । 

सरकार समर्थकहरूले प्रहरी घेरा तोडेर लाठी प्रयोग गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । बढ्दो मूल्य बृद्धि र लोडसेडिङको विरोधमा गत महिनादेखि बृहत प्रदर्शन भएका छन् । 

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि देशमा आर्थिक संकट बढेको छ । सरकारले आपतकालीन आर्थिक सहयोगका लागि अनुरोध गर्दै आएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद