Media Network

श्रीलंकामा प्रधानमन्त्रीका छोरासहित २६ मन्त्रीले दिए राजीनामा


खबरस्टोरी संवाददाता

२१ चैत्र २०७८,सोमबार

श्रीलंका । श्रीलंका सबै मन्त्रीले पदबाट राजीनामा दिएका छन् । २६ मन्त्रीले आर्थिक संकट समाधानका लागि सरकारी प्रयास सफल हुन नसकेको भन्दैे पदबाट राजीनामा दिएका हुन् । 

प्रधानमन्त्री महिन्दा राजपाक्ष र उनका भाइ राष्ट्रपति गोतबाया राजपाक्षले भने राजीनामा दिएका छैनन् । शिक्षामन्त्री दिनेश गुणवर्देनाले मन्त्रीपरिषद्का सदस्यहरूले प्रधानमन्त्रीलाई आइतबार राजीनामा पत्र बुझाएको जानकारी दिएका हुन् ।राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा नामल राजपाक्ष पनि रहेका छन् । यसले प्रधानमन्त्री र राष्ट्रपतिलाई देशमा स्थायित्व कायम गर्नका लागि सहयोग गर्ने अपेक्षा रहेको उनले ट्वीटमा उल्लेख गरेका छन् ।

सन् १९४८ यताकै गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा इन्धन, खाद्यान्न, औषधिसहितका अत्यावश्यक सामग्रीको अभाव रहेको छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद