जबकी तीन पांग्रे सवारी साधनले १५ सय श्रीलंकाली रुपैयाँ मूल्यको इन्धन (पेट्रोल वा डिजेल) र कार, भ्यान र जिपले ५ हजार रुपैयासम्मको पाउन सक्नेछन् । तर, बस, लरी र अन्य व्यावसायिक सवारी साधनमा भने यो सीमा लागू हुनेछैन ।
यसैबीच, सिलोनका धेरै पेट्रोल स्टेसनबाहिर इन्धन भर्नेहरुको लामो लाइन लागेको छ । धेरैले पेट्रोल लिन घण्टौँ कुरेर पनि खाली हात फर्किन बाध्य भएको गुनासो गरेका छन् । (एजेन्सी)