सत्तारुढ दलका सांसद अमराकेर्ती अथुकोरालाको हत्या भएको छ । उनीसहित २ जनाको झडपका क्रममा हत्या भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।पदबाट राजीनामा दिएका राजापाक्षेको पुख्र्यौली घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मेडामुलाना भन्ने ठाउँमा उनको घरमा आगनजी भएपछि सेना परिचालन भएको थियो ।
सोमबार ७६ वर्षीय राजापाक्षेले राष्ट्रपति समेत रहेका आफ्ना भाई गोटावाया राजापाक्षेसमक्ष राजीनामा बुझाएका थिए । उनले सर्वदलीय सरकारको निर्माणको आग्रह समेत गरेका छन् ।
श्रीलंका इतिहासकै चरम आर्थिक संकटमा परेपछि विरोध चर्किएको हो । वैदेशिक मुद्रा सचिती निकै कम छ । इन्धनको संकट चुलिएको छ । खाद्य संकटले श्रीलंका समस्यामा परेको छ ।