श्रीलंकामा राजापाक्षेद्वारा १७ सदस्यीय मन्त्रीमण्डल गठन


खबरस्टोरी संवाददाता
५ बैशाख २०७९, सोमबार
श्रीलंकामा राजापाक्षेद्वारा १७ सदस्यीय मन्त्रीमण्डल गठन
एजेन्सी। श्रीलङ्का राष्ट्रपति गोटाबाया राजपाक्षले १७ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन्। विपक्षीले राजीनामाको माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला राजापाक्षेलेमन्त्रीमण्डल नियुक्त गरेका हुन् ।

राजापाक्षेले सुरुमा आफ्नो मन्त्रीहरूको मन्त्रिपरिषद् बर्खास्त गरेर विपक्षीलाई नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । तर, उनको प्रस्तावलाई विपक्षीले अस्वीकार गरेका थिए । तर, उनले अहिले आफ्नो पार्टीका केही सदस्यलाई विभिन्न पदमा पुनः नियुक्त गरेका छन् ।

त्यस्तै सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ ।