राजापाक्षे र उनको परिवारलाई हेलिकप्टरमा नौसेनाको आधारमा लगिएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । राजधानी कोलम्बोबाट करिब २७० किलोमिटर टाढा रहेको नौसेना आधारबाहिर पनि विरोध प्रदर्शन भैरहेको जनाइएको छ ।
आर्थिक संकटलाई लिएर भएको विरोध प्रदर्शनमा पाँच जनाको मृत्यु भएपछि कर्फ्यू लागू गर्न हजारौँ सेना र प्रहरी परिचालन गरिएको छ । राजापाक्षेले सोमबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि जनआक्रोश बढेको छ ।