श्रीलंकामा राष्ट्रपतिका भाइले दिए संसद् सदस्यबाट राजीनामा


खबरस्टोरी संवाददाता
२६ जेष्ठ २०७९, बिहीबार
श्रीलंकामा राष्ट्रपतिका भाइले दिए संसद् सदस्यबाट राजीनामा
एजेन्सी। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइ तथा पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले संसद् सदस्यबाट राजीनामा दिएका छन् । देशमा आर्थिक संकटबीच उनले पदबाट राजीनामा दिएका हुन् ।‘आजबाट म कुनै पनि सरकारी गतिविधिमा संलग्न हुनेछैन्, तर राजनीतिबाट भने टाढा हुन्न’, राजापाक्षेले पत्रकारहरूलाई भने । 

आर्थिक संकटको विरोधमा लामो समयदेखि चलेको सरकारविराधी प्रदर्शनबीच गत महिना राष्ट्रपति गोटाबाया राजापाक्षेका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।