देश आर्थिक संटकमा फसेपछि आक्रोशित स्थानीयबासिन्दाले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेपछि राष्ट्रपति गोटावाया राजापक्षेले बुधबार राजीनामा दिने पुष्टि गरेका छन्।
राष्ट्रपति राजापाक्षेले १३ जुलाइ बुधबार राजीनामा दिने योजना बनाएका संसदका सभामुखले बताएका छन् । राजापाक्षको राजीनामापछि संसदले आगामी जुलाई २० मा नयाँ राष्ट्रपति चयन गर्नेछ । राष्ट्रपति पद रिक्त भएपछि आफ्नो उम्मेदवारी दर्ता हुने प्रेमदासाले बताएको बीबीसीले जनाएको छ । प्रेमादासा राष्ट्रपति बन्नका लागि सत्ता गठबन्धनका सांसदहरूको समर्थन आवश्यक पर्दछ ।
श्रीलङ्काको राजनीतिमा दुई दशकभन्दा बढी समयदेखि प्रभुत्व जमाउने श्रीलङ्का र राजापाक्ष परिवारविरुद्धको जनअसन्तुष्टिको कारणले प्रेमादासा राष्ट्रपति बन्न प्रयासरत छन् । उनी सर्वदलीय अन्तरिम सरकारमा सहभागी हुन आफू तयार रहेको बताएका छन् ।
एसजेबी पार्टीका नेताले अप्रिलमा प्रेमादासालाई प्रस्ताव गर्दा प्रधानमन्त्री पद लिन अस्वीकार गरेकोमा भने आलोचना भएको छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सर्वदलीय सरकारको लागि बाटो खुला गर्न आफूले राजीनामा दिने संकेत गरिसकेका छन् ।
श्रीलंकाले चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकामा राष्ट्रपतिविरुद्ध गत मार्चदेखि प्रदर्शन भइरहेको छ । डलर अभाव रहेको श्रीलंकाले खाद्यान्न, इन्धन र औषधि जस्ता आधारभूत वस्तुहरूसमेत आयात गर्न सकिरहेको छैन । गत जुनमा श्रीलंकाको मुद्रास्फीति दर ५५ प्रतिशतमा पुगेको थियो । (एजेन्सी)