Media Network

श्रीलङ्कामा इन्धन अभावले विकराल रुप लिदै


खबरस्टोरी संवाददाता

१२ असार २०७९,आईतवार

कोलोम्बो । श्रीलङ्कामा इन्धन अभावले विकराल रुप लिन थालेको छ ।

समयमा नै पेट्रोलियम पदार्थ खरीद गर्न आर्थिक अभावका कारण कठिनाई भएपछि पेट्रोल तथा डिजेलको पुनः चरम अभाब भएको छ । लामो समयदेखि इन्धनको आपूर्ति हुन नसकेपछि इन्धनको चरम अभाव देखिएको छ ।यतिबेला श्रीलङ्काले खाद्यान्न, इन्धन र औषधिलगायत अत्यावश्यक आयातलाई समेत धान्न विदेशी मुद्राको गम्भीर अभाव झेलिरहेको छ जसका कारण उसले अन्तर्राष्ट्रिय सहयोगका लागि समेत अपिल गरिरहेको छ ।

दुई महिने क्रेडिट शर्तमा दुबईस्थित कोरल एनर्जीमार्फत् किनेको ९० हजार टन रूसी कच्चा तेल प्रयोग गरेर रिफाइनरीले यस महिनाको सुरुदेखि उत्पादन सञ्चालन सुरु गरेको भएपनि कच्चा इन्धनको प्रशस्त आपूर्तिको अभावमा अभाव देखिएको हो । 

श्रीलङ्कामा लाखौँ सवारी चालकहरूले पेट्रोल र डिजेलको प्रतीक्षामा लामो समय कुनुपरेको गुनासो व्यापक बनेपछि मन्त्रीले समेत विलम्ब र असुविधाको लागि क्षमा याचना गर्नु परेको छ ।गत हप्ता सरकारले ऊर्जा संकटका कारण आवतजावत कम गर्न दुई हप्ताका लागि विद्यालयसँगै राज्य सञ्चालित कम आवाश्यक संस्थाहरु बन्द गरेको थियो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद