Media Network

टोंगामा आम चुनाव


खबरस्टोरी संवाददाता

२ मंसिर २०७८,बिहीबार

एजेन्सी। टोङ्गामा बिहीबार निर्वाचन सम्पन्न भएको छ जसमा दक्षिण प्रशान्त टापु राष्ट्रका २०० मतदान केन्द्रहरूमा करिब ६०,००० योग्य टोङ्गनहरूले मतदान गरेका छन्। टोंगाको समाचार वेबसाइट मातांगी टोंगा अनलाइनका अनुसार टोंगाको विधान सभामा जनप्रतिनिधिका लागि १७ स्थान र नोबल्स प्रतिनिधिका लागि नौ स्थानहरू रहेका छन्।

त्यसैगरी १७ जनप्रतिनिधिका लागि ७० भन्दा बढी उम्मेदवार रहेका छन् भने ३३ ठूला परिवारले आ–आफ्नो क्षेत्रबाट नौ जना प्रतिनिधि चयन गर्नेछन् । टापु राष्ट्रका नागरीकहरूले बिहीबार दिउँसो तीन नयाँ प्रतिनिधिहरू निर्वाचित गरेका छन् र छ जना पदाधिकारीहरूलाई विधान सभामा फिर्ता गरेका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद