तालिबान लडाकुहरू को हुन्? अफगानिस्तान युद्धमा उनीहरूको कस्तो भूमिका छ?


Khabar story
११ भाद्र २०७८, शुक्रबार
तालिबान लडाकुहरू को हुन्? अफगानिस्तान युद्धमा उनीहरूको कस्तो भूमिका छ?

अफगानिस्तानमा अमेरिकी नेतृत्वको फौजको कारबाहीले सन् २००१ मा तालिबानलाई सत्ताच्युत गरे पनि त्यसयता सो समूहले क्रमशः शक्ति सञ्चय गर्दै गयो र फेरि अफगान भूभागमा आफ्नो नियन्त्रण कायम गरिरहेको छ।

दुई दशक लामो युद्धपछि अमेरिकाले आउँदो सेप्टेम्बर ११ तारिखसम्ममा फिर्ती प्रक्रिया पूरा गर्ने तयारी गरिरहँदा तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको छ र सरकारलाई उनीहरूले विस्थापित गर्ने चिन्ता बढ्दै गएको छ।

राजधानी काबुल पुगिसकेको तालिबान शक्ति हस्तान्तरणको प्रतीक्षामा छ।

सन् २०१८ मा उक्त समूह अमेरिकासमर्थित शान्तिवार्तामा प्रवेश गर्‍यो र सन् २०२० को फेब्रुअरीमा दुई पक्षबीच कतारको दोहामा एउटा शान्ति सम्झौता भयो।