अफगानिस्तानको पुनर्निर्माणका लागि अमेरिकी विषेश निरीक्षकले दिएको जानकारी अनुसार यो तथ्याङ्क गत अगस्टदेखि अहिलेसम्मको हो ।
तालीवान शासक अझ कठोर बन्दै गएको छ। तालिबानले महिलामाथि केही कठोर प्रतिबन्ध लगाएको छ। विषेश गरेर विगतमा काम गर्दै आइरहेका महिलाहरूले अहिले काम गर्न नपाएकाले रोजगारी गुमाउनेहरूको सङ्ख्या धेरै देखिएको बताइएको छ ।
अहिले अफगानिस्तानमा चरम खाद्य सङ्कट पनि देखिएको छ । दुई करोड २० लाखभन्दा बढी मानिसहरू भोकमरीबाट गम्भीर ग्रस्त छन् । लाखौँ मानिस भोकमरी र अभावको चपेटामा रहेको निरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का अनुसार सन् २०२१ को तेस्रो चौमासिकमा पाँच लाखले रोजगारी गुमाएका थिए । बाँकीले त्यसपछिको समयमा गुमाएका हुन ।