Media Network

टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण


खबरस्टोरी संवाददाता

२३ माघ २०७८,आईतवार

एजेन्सी।  टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण भएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएका हुन् । उनले आफ्नो कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको ट्वीट गरेर जानकारी दिएका छन् । शनिबार ट्वीट गरेर उनले आफूलाई कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनेको संक्रमण भएको पनि बताएका छन्  ।

उनले आफू र आफ्नो परिवार संक्रमित भएको भन्दै अबका केही समय घरबाटै कार्यालयको काम गर्ने बताएका छन् । त्यस्तै यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुुसार टर्कीमा पछिल्लो समयमा कोरोनाको ओमिक्रोन भेरियन्ट बढ्दै गएको छ ।

यहाँ गत जनवरी महिनाको पहिलो साताको तुलनामा अहिले कोभिड संक्रमण झण्डै दोब्बर भएको बताइएको छ । यहाँ गएका चार दिनदेखि एक लाख जनाभन्दा बढीमा कोभिड संक्रमण देखिएको समाचारमा जनाइएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद