बुधबार टर्कीका विदेशमन्त्री मेभलुट काभुसोग्लुले राष्टसंघका महासचिव एन्टोनियो गुटेरेसलाई सम्बोधन गरेर देशको नाम परिवर्तन गर्न गरेको अनुरोध पत्र प्राप्त भए संगै राष्ट्रसंघले उनको यो प्रस्तावलाई स्वीकृत गरेर टर्कीको नाम परिवर्तन गरिएको जनाइएको छ ।
टर्कीका विदेशमन्त्री काभुसोग्लुले मंगलबार संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संगठनहरूलाई देशको नाम परिवर्तन गर्नको लागि आधिकारिक रूपमा पत्र बुझाएको घोषणा गरेका थिए।