Media Network

टर्कीले परिवर्तन गर्‍यो आफ्नो देशको नाम


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

एजेन्सी । टर्कीले आफ्नो देशको नाम परिवर्तन गर्दै टर्कीय राखेको छ। संयुक्त राष्ट्रसंघले टर्कीका तर्फबाट नाम परिवर्तनका लागि गरेको आग्रहलाई स्वीकार गरेको हो। 

टर्कीका राष्ट्रपति रेसेप तैय्यप अर्दोआनले गत वर्ष चलाएको रिब्रान्डिङ अभियान अन्तर्रगत अन्तर्राष्ट्रिय संस्थालाई मुलुकको नाम परिवर्तन गर्न अनुरोध गरिएको थियो। 

उनले त्यस समय भनेका थिए, 'टर्कीयले यस मुलुकमा नागरिकहरुको संस्कृती, सभ्यता र मूल्यको सबैभन्दा राम्रो तरिकाले प्रतिनिधित्व गर्दछ। यसले टर्कीका जनतालाई राम्रोसँग अभिव्यक्त गर्दछ।' 

टर्कीका नागरिकहरुले पहिलेदेखि नै आफ्नो मुलुकका लागि टर्कीय शब्द प्रयोग गर्ने गरेका थिए। टर्कीको सरकारी च्यानल टीआरटीले गत वर्ष नै आफ्नो च्यानलको नाम परिवर्तन गरेको थियो। क्याम्ब्रिजको अंग्रेजी शब्दकोष अनुसार टर्कीको अर्थ बेवकूफ अथवा पराजित भन्‍ने अर्थ हुन्छ। 

रिब्रान्डिङ योजना अनुसार सरकारले आफ्नो मुलुकबाट निर्यात हुने हरेक चिजमा 'मेड इन टर्कीय' राख्‍ने निर्णय गरेको छ। त्यसैगरी जनवरीदेखि 'क्याच-फ्रेज' 'हेलो टर्कीय' नाममा पर्यटन अभियान सुरु गरिने भएको छ। 

मुलुकको नाम परिवर्तन गर्नु कुनै आश्चार्यको कुरा भने होइन। सन् २०२० मा नेदरल्यान्डले रिब्रान्डिङ गर्दै 'हल्यान्ड' नाम दिएको थियो। यससँगै मेसिडोनियाले ग्रिससँगको विवादपछि उत्तरी मेसिडोनिया राखेको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद