Media Network

ट्विटरले मस्कविरूद्ध मुद्दा लड्ने


खबरस्टोरी संवाददाता

२५ असार २०७९,शनिबार

ट्विटरका अध्यक्ष ब्रेट टेलरले टेस्लाका कार्यकारी प्रमुख एलोन मस्कमाथि मुद्दा हाल्ने चेतावनी दिएका छन्।

एलोनले यसअघि ट्विटर खरिदका लागि ४४ अर्ब डलरको सम्झौता गरेका थिए। तर पछि भने उनी त्यसबाट पछि हटेको घोषणा गरे।अब कानुनी लडाईं सुरू भएको छ। मस्कका वकिलहरूले ट्विटरले आफ्ना ‘फेक प्रयोगकर्ता’हरूको प्रमाण दिन अस्विकार गरेको आरोप लगाएका छन्। यो आरोपसँगै ट्विटरको मूल्यमा ७ प्रतिशत गिरावट भएको छ।

एलोनले ट्विटर किन्ने सम्झौता गर्दा त्यो तोडिने अवस्थामा १ अर्ब डलर तिर्नुपर्ने शर्त थियो।माइक्रोब्लगिङ साइट ट्विटरमा विश्वका करोडौं मानिस जोडिएका छन्।

गत मे महिनामा मस्कले ट्विटरमा २० प्रतिशतजति खाताहरू नक्कली भएको बताएका थिए।त्यसपछि उनले दैनिक सक्रिय प्रयोगकर्ताहरूको विवरण मागेका थिए। तर हप्तौं बित्दा पनि ट्विटरले ती विवरणहरू दिएन।

उनले ट्विटरलाई अझ खुला र स्वतन्त्र छोड्ने भन्दै ट्विटर किन्ने घोषणा गरेका थिए। पछि नक्कली खाताहरूबारे विवाद सुरू भएपछि उनी पछि हटेका हुन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद