एजेन्सी । दिल्लीबाट दुबईका लागि उडेको स्पाइसजेटको एउटा उडानमा समस्या आएपछि त्यसलाई कराचीतर्फ डाइभर्ट गर्नुपरेको छ । यो उडान एसजी–११ दिल्लीबाट दुबई जाँदै गर्दा खराबीका कारण यसलाई पाकिस्तानतर्फ मोडिनुपरेको थियो ।
विमानको इन्डिकेटर लाइटमा केही समस्या भएको बताइएको छ । स्पाइसजेटको विमान कराँचीमा अवतरण गरेपछि यात्रुहरूलाई सकुशल बाहिर निकालिएको छ।
स्पाइसजेट विमानका चालक दल इन्धन ट्याङ्की सूचकले इन्धनको मात्रामा तीव्र कमी देखाएको पाएको बताइएको छ ।