दक्षिण अफ्रिकाको रात्रिकालिन क्लबमा १७ जना मृत भेटिए


खबरस्टोरी संवाददाता
१२ असार २०७९, आईतवार
दक्षिण अफ्रिकाको रात्रिकालिन क्लबमा  १७ जना मृत भेटिए
काठमाडौं । दक्षिण अफ्रिकाको इस्ट लन्डन सहरको एउटा रात्रिकालीन क्लबमा कम्तीमा १७ जना मृत अवस्थामा भेटिएका छन्  ।

आइतबार (आज) बिहान ती शवहरु फेला परेको र अझै कयौँ घाइते भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

‘कुन परिस्थितिमा उक्त घटना भयो भन्ने विषय अनुसन्धानकै क्रममा छ ।’ त्यहाँका प्रहरी प्रवक्ताले भनेका छन्।

स्थानीय सञ्चारमाध्यमहरूले विषालु पदार्थ वा भागदौडका कारण त्यसो भएको हुनसक्ने आंकलन गरेका छन्।

अनुसन्धान भइरहेको छ । घटनाबारे पूर्ण जानकारी आउन भने बाँकी छ ।