Media Network

दक्षिण अफ्रिकामा बाढी र पहिरोः चार सय जनाको मृत्यु


खबरस्टोरी संवाददाता

४ बैशाख २०७९,आईतवार

डर्वान । दक्षिण अफ्रिकाको बाढी र पहिरोमा चार सय जनाको ज्यान गएको र दशौं हजार घरबारविहीन भएका छन् । ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका छन् ।  

बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् । बाढीले सडक भत्किएका छन् । अस्पतालमा क्षति पु–याएको छ भने घरहरू बगाएको छ । 

दक्षिणपूर्वी क्वाजुलु–नाताल (केजेएन) प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ । डरबान हिन्द महासागरको तटमा पर्छ । बाढीपछि उद्दार कार्य तीव्र पारिएको छ । (एजेन्सी)

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद