Media Network

दक्षिण कोरियामा ओमिक्रोनका सङ्क्रमित बढ्दै, दुईको मृत्यु


खबरस्टोरी संवाददाता

२० पुष २०७८,मंगलवार

एजेन्सी।  दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोनका सङ्क्रमित बढेको बताइएको छ । यस भाइरसबाट दुई जनाको ज्यान गएको छ । दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक यी दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ । 

 यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा यहाँ पहिलो पटक यी दुई जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । दक्षिण कोरियामा पनि डिसेम्बरको सुरुतिर यो भेरियन्ट भेटिएको थियो । गत डिसेम्बर २७ मा एक र २९ तारिखमा अर्का एकजनाको यो भेरियन्टबाट ज्यान गएको अधिकारीहरुले जनाएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद