अतुल र राजेश गुप्तालाई दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमासँगको घनिष्ठ सम्बन्धबाट फाइदा उठाउने र अनुचित प्रभाव पार्ने आरोप लगाइएको छ ।
यूएईसँग सुपुर्दगी गर्नका लागि वार्ता भइरहेको दक्षिण अफ्रिकी अधिकारीहरूले बताएका छन् ।
सन् २०१८ मा एक न्यायिक आयोगले भ्रष्टाचारमा उनीहरूको संलग्नताको अनुसन्धान सुरु गरेपछि दुवै दाजुभाइ दक्षिण अफ्रिकाबाट भागेका थिए ।
दक्षिण अफ्रिकाको आकर्षक सरकारी ठेक्का हात पार्न र शक्तिशाली सरकारी नियुक्तिहरूलाई प्रभाव पार्न उनहरुले घुस दिने गरेको आरोप छ ।
गुप्ता परिवार १९९३ मा भारतबाट दक्षिण अफ्रिकामा सरेको थियो । भारतको नयाँ दिल्लीमा रहेको गुप्ता परिवारको कार्यालयसहित अधिकांश शहरमा रहेको उनीहरुको सम्पत्तिबारे भारतको कर अधिकारीहरूले २०१८ मा छापा मारेका थिए । उनीहरूले भारतमा मनी लान्ड्रिङको आरोप पनि सामना गरिरहेका छन् ।
भारतीय मूलका गुप्ता दाजुभाइको सन् २००९ देखि नै दक्षिण अफ्रिकाका राष्ट्रपति जुमासँगको सम्बन्धका कारण जुमालाई भ्रष्टाचारको आरोप लागेपछि राजीनामा गर्न बाध्य भएका थिए ।
गुप्ता परिवारलाई दक्षिण अफ्रिकी सरकारका सबै तहहरूमा ठूलो राजनीतिक शक्ति प्रयोग गर्न जुमासँगको घनिष्ठ सम्बन्ध प्रयोग गरेको आरोप लगाइएको छ ।
व्यापार सम्झौताहरू जित्ने, उच्च प्रोफाइलका सरकारी नियुक्तिहरूलाई प्रभाव पार्ने र राज्य कोषको दुरुपयोग गरेको उनीहरुमाथि आरोप लाग्दै आएको छ भने पूर्व राष्ट्रपति जुमा र गुप्ता परिवारले कुनै पनि गल्ती अस्वीकार गर्दै आएका छन् ।
गुप्ता दाजुभाइ दक्षिण अफ्रिकाबाट भागेपछि, दक्षिण अफ्रिकाले २०२१ मा युएईसँग सुपुर्दगी सन्धि गरेको थियो ।