विल स्मिथ ओस्करमा सहभागी हुनबाट प्रतिबन्धित


खबरस्टोरी संवाददाता
२६ चैत्र २०७८, शनिबार
विल स्मिथ ओस्करमा सहभागी हुनबाट प्रतिबन्धित
हलिउड अभिनेता विल स्मिथलाई आगामी १० वर्षको लागि ओस्कारमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ ।

हालै सम्पन्न भएको ओस्कार समारोहमा कमेडियन क्रिस रकलाई थप्पड हानेपछि उनीमाथि यो प्रतिबन्ध लगाइएको हो ।साथै, स्मिथलाई आगामी दशकसम्म एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सको कुनै पनि कार्यक्रममा भाग लिन प्रतिबन्ध लगाइनेछ।

अवार्ड कार्यक्रममा सञ्चालक रकले स्मिथकी श्रीमतीलाई लिएर मजाक गरिरहेका थिए । सोही क्रममा स्मिथले लाइभ समारोहमै रकमाथि थप्पड हानेका हुन् । थप्पड हानेसँगै स्मिथको निकै आलोचना भएको थियो ।