Media Network

विषाक्त मदीराका कारण रुसमा चौधको मृत्यु


खबरस्टोरी संवाददाता

२२ आश्विन २०७८,शुक्रबार

काठमाडौँ।  विषाक्त मदीरा सेवनका कारण  रुसमा १४ जनाको मृत्यु भएको छ । विषाक्त मदीरा सेवन गरेपछि २२ जना विरामी भएकामा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

गभर्नर डेनिस पास्लरले घटनाका बारेमा अनुसन्धान गरी दोषीमाथी कारबाही गराउन सम्वन्धित अधिकारीहरुलाई निर्देशन दिइसकेका छन् ।

ओर्सक सहरमा विषाक्त मदीरा बनाएको अभियोगमा २९ बर्षिय एक व्यक्तिलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।  प्रारम्भिक अध्ययनले ठूलो मात्रामा मदिरा बनाएर बेचेको देखाएको पनि अनुसन्धानकर्ताहरुको भनाई छ । त्यसैका कारण अरु पनि धेरैको मृत्यु भएको हुन सक्ने दाबी गरिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद