Media Network

विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या


खबरस्टोरी संवाददाता

१२ जेष्ठ २०७९,बिहीबार

कश्मिर । जम्मु–कश्मिरको बडगाम जिल्लामा टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार ३५ वर्षीया महिला अम्रिन भाटलाई विद्रोहीले  गोली हानी हत्या गरेका हुन् । आक्रमणमा महिलाका १० वर्षीया भतिजा पनि घाइते भएका छन् । 

लश्कर–ए–तैइबा (एलईटी) मा आबद्ध कार्यकर्ताले बुधबार साँझ उनको हत्या गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएका छन् ।  

‘विद्रोहीले करिब ७ बजेर ५५ मिनेट जादा अमरीन भाटलाई उनको घरमा गोली हानेका थिए । उनलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो । अस्पताल लैजानेवित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरे’, कश्मिर प्रहरीले भनेको छ । 

युवतीको हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । (एजेन्सी)


Share:
Reaction :
ताजा समाचार
खेलकुद