Media Network

विद्यालय खोल्न माग गर्दै अफगानिस्तानमा महिला तथा छात्राहरुको प्रदर्शन


खबरस्टोरी संवाददाता

१३ चैत्र २०७८,आईतवार

काठमाडौं । अफगानिस्तानको काबुलमा विद्यालय खोल्न माग गर्दै महिला तथा छात्राहरुले प्रदर्शन गरेका छन् । 

‘शिक्षा हाम्रो अधिकार हो’ भन्ने नारासहित हात हातमा प्लेकार्ड बोकेर उनीहरुले काबुलमा प्रदर्शन गरेका हुन् । 

‘शिक्षा हाम्रो अधिकार, छोरीका लागि ढोका खुला’ जस्ता नारा लगाउँदै उनीहरुले काबुलस्थित शिक्षा मन्त्रालयबाहिर प्रदर्शन गरेका थिए । 

तालिवानको सशस्त्र बलको अगाडि महिला तथा छात्राहरुले प्रदर्शन गरे पनि उनीहरुले हस्तक्षेप गरेनन् । यसअघि महिलाहरुले प्रदर्शन गर्दा सुरक्षा निकायले हस्तक्षेप गर्दै प्रदर्शनकारीहरुलाई हिरासतमा लिएको थियो । तर यो पटक भने शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिइएको थियो ।

स्वतन्त्रता र विद्यालय जान चाहने छात्राहरूका लागि उभिने कुरामा आफू मर्न तयार भएको आन्दोलनमा उपस्थित एक महिला शिक्षिकालाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ । 

गत वर्ष अगस्तमा तालिबानले अफगानिस्तान कब्जा गरेपछि छात्रछात्राहरुका लागि प्राथमिक विद्यालय खुला गरिए पनि माध्यामिक विद्यालयमा छात्राहरुलाई विद्यालय जान बञ्चित गरिएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद