यी हुन् विश्वकै सबैभन्दा सुन्दर मुहार भएकी महिला


खबरस्टोरी संवाददाता
९ असार २०७९, बिहीबार
यी हुन् विश्वकै सबैभन्दा सुन्दर मुहार भएकी महिला
एजेन्सी। हलिउड अभिनेत्री एम्बर हर्ड अहिले पूर्वपति जोनी डिपसँगको चिसो सम्बन्धले चर्चित भएपनि उनि विश्वकै सबैभन्दा सुन्दर अनुहार भएकी महिला भएको विज्ञानले पुष्टि गरेको छ। ‘गोल्डेन रेसियो’को आधारमा हर्ड संसारकै सबैभन्दा सुन्दर अनुहार भएकी महिला भएको बताइएको छ। 

‘गोल्डेन रेसियो’को अर्थ विज्ञान र गणितिय आधारमा सबै मिलेको अनुहार भन्ने बुझिन्छ। यसलाई पहिलो पटक ग्रिकहरुले सुरु गरेका थिए।

उनको अनुहारको विशेषताबारे अध्ययन गर्न विशेष प्रविधिको प्रयोग गरियो, जहाँ उनको अनुहार ‘पर्फेक्ट’ रहेको निष्कर्ष निस्कियो ।

बेलायती सौन्दर्य सर्जन डा. जुलियन डि सिल्भाले बताएअनुसार एम्बरको अनुहार उत्कृष्टतामा ९१.८५ प्रतिशत पाइएको छ। डिजिटल फेसियल म्यापिङ प्रविधिले गरेको अनुसन्धानका आधारमा उनको अनुहार यो स्तरमा उत्कृष्ट पाइएको हो।