Media Network

युक्रेन हमलामा अमेरिकी पत्रकार मारिए


खबरस्टोरी संवाददाता

३० फाल्गुन २०७८,सोमबार

किभ । रुसी सेनाको हमलामा अमेरिकी पत्रकार मारिएका छन् । युक्रेनमा रहँदै आएका पत्रकार तथा फिल्म मेकर ५० वर्षीय ब्रेन्ट रिनाउड मारिएको प्रहरीले जनाएको छ । 

सोही आक्रमणमा परि अन्य दुई पत्रकार पनि घाइते भएको युक्रेनको राजधानी किभका प्रहरी प्रमुख एन्ड्री नेबितोबलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीहरु भिडियो खिच्नका लागि युक्रेन पुगेका थिए । 

युक्रेन भएको युद्धको रिपोर्टिङ गर्न पुगेका विदेशी पत्रकार मारिएको यो पहिलो घटना हो । विस्फोटपछि आगो लाग्दा एन्ड्री आफूसँगै रहेको घाइते पत्रकारहरु मध्ये एक जुआन एरेडोन्डोले एक इटालियन रिपोर्टरलाई बताएका छन् । 

युक्रेनबाट विस्थापितहरुको चलचित्र बनाउनका लागि कारमा चढेर गइरहेको अवस्थामा इरपिनको पहिलो पुल मध्ये एउटा पार गरिरहेकाबेला आक्रमणमा परेको ट्वीटरमा प्रकाशित भिडियोमा उल्लेख छ । 

रेनाउडको न्युयोर्क टाइम्सद्वारा जारी पत्रकार परिचयपत्र देखाउँदै विभिन्न अनलाइनहरुमा तस्वीरहरु प्रकाशित प्रशारित भइरहेका छन् । रेनाउडले सन् २०१५ मा पत्रकारिताका लागि पीबडी पुरस्कार जितेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद