Media Network

युक्रेन–रुस युद्धः किभको एन्टोनोभ एयरपोर्टमा बमबारी


खबरस्टोरी संवाददाता

३० फाल्गुन २०७८,सोमबार

काठमाडौं । युक्रेनको राजधानी किभको एन्टोनोभ एयरपोर्टमा रुसी आक्रमण भएको छ । उत्तरी किभको एन्टोनोभ एयरपोर्टमा रुसी गोलाबारी भएको युक्रेनका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

एन्टोनोभ विमानस्थल युक्रेनको सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्गो एयरपोर्ट मानिन्छ साथै, यो एक प्रमुख सैन्य एयरपोर्ट समेत हो । 

सामाजिक सञ्जालमा आएका भिडियोमा एयरपोर्टको माथिबाट धुवाँको मुस्लो उठिरहेको देखिएको छ । तर भिडियोको आधिकारिकता प्रभाणित नभएको अधिकारीहरुले जनाएका छन् । 

रुसी सैनिकहरुले युक्रेनको राजधानी किभमा विहानैदेखि आक्रमण जारी राखेका छन् । किभको एउटा अपार्टमेन्ट भवनमा आक्रमण हुँदा एक जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ । उक्त आवासीय भवनमा गरिएको आक्रमणमा परि अन्य ३ जना घाइते भएको युक्रेनको प्रदेशिक टीभी रिपोर्टमा उल्लेख गरिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद