Media Network

युक्रेन संकटः एकपछि अर्का जनरल मारिएपछि रूसलाई धक्का


खबरस्टोरी संवाददाता

३० फाल्गुन २०७८,सोमबार

एजेन्सी । युक्रेनमा जारी युद्धमा तेस्रा जनरल पनि मारिएका छन् । आठ दिनभित्र तेस्रा जनरलको मृत्युले युक्रेनमाथि हमला गरिरहेको रुसलाई अर्को झट्का लागेको छ । २९औं संयुक्त हतियार सेनाका मेजर जनरल आन्द्रेई कोलेस्निकोभ युक्रेन युद्धमा मारिने तेस्रो हाइ प्रोफाइलका सेना भएको युक्रेनले दाबी गरेको छ ।

युक्रेन हमलामा २० रुसी सेनापतिहरु सहभागी भएको युक्रेन सरकारको विश्वास छ । रुसले अहिलेसम्म १७३ ट्यांक, १२ विमान, फौज बोक्ने ३४५ क्यारिअर गुमाएको पश्चिमा सञ्चार माध्यमहरुले दाबी गरेका छन् । यसको स्वतन्त्रत पुष्टि हुन बाँकी नै छ ।

रुसी सेनाले आफै निर्णय गर्न नसकेको वा अगाडि बढ्न डराएकाले र सेनापतिहरु मोर्चा सम्हाल्दा जनरलहरुको हताहत भएको पश्चिमा अधिकारीहरुले टिप्पणी गरेका छन् । रुसको ४१ औं सेनाका प्रथम उपकमाण्डर ४५ वर्षीय मेजर जनरल भिटाली गेरासिमोभको हत्या भएको चार दिनपछि  कोलेस्निकोभको मृत्यु भएको हो ।

मारिएका जनरल गेरासिमोभ दोस्रो चेचेन युद्ध, सिरियामा रुसको सैन्य कारबाही र युक्रेनको महत्वपूर्ण क्षेत्र क्रिमियालाई बिलय गरानुअघिको सैन्य कारबाहीमा सहभागी थिए । गेरासिमोभ रुसको सशस्त्र फौज चिफ अफ जनरल स्टाफका छोरा हुन । गत साता मेजर जनरल एन्ड्रिइ सुखोभेत्स्काई मारिएका थिए । 
Share:
Reaction :
ताजा समाचार
खेलकुद