युक्रेनबाट आफ्ना नागरिक फिर्ता ल्याउन भारतले पठायो विशेष विमान


खबरस्टोरी संवाददाता
१० फाल्गुन २०७८, मंगलवार
युक्रेनबाट आफ्ना नागरिक फिर्ता ल्याउन भारतले पठायो विशेष विमान

काठमाण्डौ । भारतले युक्रेनमा रहेका भारतीय नागरिकलाई फर्काउन एयर इन्डियाको विशेष विमान पठाएकोे छ। सुरक्षालाई ध्यानमा राख्दै भारतीय नागरिक ल्याउन एयर इन्डियाले भारत–युक्रेनबीच तीनवटा विमान पठाउनेछ। 

एउटा विमान आज  (फेब्रुअरी २२) उडेको छ। अर्को दोस्रो विमान फेबरुअरी २४ र तेस्रो युक्रेनबाट भारत आउन चाहने नागरिकले एयर इन्डियाको बुकिङ अफिस, वेबसाइट, कल सेन्टर वा आधिकारिक ट्राभल एजेन्टहरुमार्फत बुक गर्न सक्छन्।आज उडेको ड्रिमलाइनर बी–७८७ विमान हो। यो विमानमा २०० भन्दा बढी सिट छन्। यो विशेष विमान आज राति युक्रेनबाट दिल्ली एयरपोर्ट फर्किनेछ।

रुसी राष्ट्रपति पुटिनले एक आदेश जारी गर्दै युक्रेनका दुई पृथकतावादी क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन्। ती क्षेत्रमा शान्ति कायम गर्न रुसी सेना परिचालन गरिएको छ। –एजेन्सी