युक्रेनको एलभिभमा नौको मृत्यु, ५७ घाइते


खबरस्टोरी संवाददाता
२९ फाल्गुन २०७८, आईतवार
युक्रेनको एलभिभमा नौको मृत्यु, ५७ घाइते
एजेन्सी।  युक्रेनको एलभिभ सहरमा रुसी पक्षले गरेको आक्रमणमा परी युक्रेनी पक्षका नौ जनाको मृत्यु भएको छ । रुसी सेनाले गरेको हवाई आक्रमणमा परी अरु ५७ जना घाइते भएको पनि स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

एलभिभ नगरका नगर प्रमुख अन्द्रीय साडोभियले आइतबार टेलिग्राममा लेख्नु भएको छ, “दुर्भाग्यवस हाम्रा नौ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् ।”रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म लाखौँ मानिस विस्थापित भएका छन् । युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका सहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखेका छन् । 

ठूलो आक्रमणमा परेका स्थानबाट सर्वसाधारणलाई निकाल्ने प्रयास पनि भइरहेको अधिकारीहरुले जनाएका छन् । विषेश गरेर दक्षिणी बन्दरगाह साहर मारिऊपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किएभबाहिर रहेका नगर र गाउँहरू बढी प्रभावित भएका हुन्।