युक्रेनको राजधानी नजिकैको हवाई मैदान रुसको कब्जामा


खबरस्टोरी संवाददाता
१३ फाल्गुन २०७८, शुक्रबार
युक्रेनको राजधानी नजिकैको हवाई मैदान रुसको कब्जामा

काठमाडौं ।  रुसले युक्रेनको राजधानी किएभ नजिकै रहेको हवाई मैदानलाई नियन्त्रणमा लिएको छ ।

रुसी सञ्चारमाध्यमहरुका अनुसार किएभनजिकै रहेको एक प्रमुख हवाई मैदानलाई रुसी सेनाले नियन्त्रणमा लिएको हो ।समाचारसंस्था इन्टरफ्याक्सले होस्टोमेल एयरफील्ड कब्जा गर्न रुसले २०० वटा हेलिकप्टार र सैनिकहरुको टोली प्रयोग गरेको जनाएको छ ।