युक्रेनको रेल नेटवर्कमा रुसी आक्रमण


खबरस्टोरी संवाददाता
२२ बैशाख २०७९, बिहीबार
युक्रेनको रेल नेटवर्कमा रुसी आक्रमण
रुसले युक्रेनको रेल नेटवर्कलाई निशाना बनाएर आक्रमण गर्न थालेको छ। पछिल्लो २४ घण्टामा युक्रेनको रेल सेवाका ६ पावर सबस्टेसनमा आक्रमण गरेको रुसको रक्षामन्त्रालयले दाबी गरेको छ। 

रुसले पश्चिमी देशहरूले युक्रेनमा हतियार पठाउन यो रेल नेटवर्क प्रयोग गरिरहेको दाबी गर्दै आक्रमण गरिएको जनाएको हो।पूर्वी युक्रेनमा रुसी सेनाको आक्रमण जारी छ। बेलायतको रक्षामन्त्रालयले रुसले पूर्वी डोनबास क्षेत्रको इजुम सहरको क्षेत्रमा दुईवटा सैन्य बटालियन तैनाथ गरेको जनाएको छ।