युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, कम्तीमा २० को मृत्यु


खबरस्टोरी संवाददाता
२५ चैत्र २०७८, शुक्रबार
युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, कम्तीमा २० को मृत्यु
एजेन्सी।  युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् । 

देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्का घटना भएको समाचारमा जनाइएको छ । “क्रमातोस्क रेल स्टेसनमा दुई रकेट आक्रमण भएको छ, धेरै मानिस घाइते भएका छन्, घटनाका बारेमा थप विवरण हामी संकलन गर्दै छौँ,” रेल कम्पनीका प्रमुख अलेक्जेन्डर कामीशिनले सामाजिक सञ्जालहरूमा लेख्नु भएको छ ।