Media Network

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गरे सुरक्षा प्रमुख बर्खास्त


खबरस्टोरी संवाददाता

१६ जेष्ठ २०७९,सोमबार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त खार्किभ सहरको भ्रमण गरेका छन् । दोनावास क्षेत्रमा रुसी फौजले आफ्नो पकड कायम गरिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले पूर्वी युक्रेनको भ्रमण गरेका हुन् । 

खार्किभ भ्रमणका क्रममा जेलेन्स्कीले उत्तरपूर्वी सहरका सुरक्षा प्रमुखलाई बर्खास्त गरेको घोषणा गरेका थिए । ती सुरक्षा प्रमुखले पूर्णस्तरको युद्ध भएको पहिलो दिनदेखि शहरको रक्षा गर्न काम नगरेको तर आफ्नो बारेमा मात्र सोचेको आरोप जेलेन्स्कीले आरोप लगाएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद