युक्रेनका राष्ट्रपतिको देशवासीलाई सन्देशः तपाईंहरू बाहिर निस्कनूस्, दुष्टहरूलाई खेद्नूस्


खबरस्टोरी संवाददाता
२२ फाल्गुन २०७८, आईतवार
युक्रेनका राष्ट्रपतिको देशवासीलाई सन्देशः तपाईंहरू बाहिर निस्कनूस्, दुष्टहरूलाई खेद्नूस्

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना देशबासीहरुलाई सम्बोधन गरेका छन् उनले नागरिकलाई रुसको आक्रमणविरुद्धको लडाइँ जारी राख्न भनेका छन् ।शनिबार राति किभबाट राष्ट्रपति जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जनतामा उत्साह थपेका छन् ।

‘तपाईंहरू बाहिर निस्कुनपर्छ र आफ्नो सहरबाट यी दुष्टहरूलाई निकाल्नुपर्छ।’ सम्बोधनका क्रममा उनले भनेका छन् ।त्यहि क्रममा उनले युक्रेनलाई थप लडाकु विमान उपलब्ध गराउन अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अपिल पनि गरेका थिए ।